बसको ठक्करबाट किशोरीको मृत्यु पछि बसमा आगजनी
आइतबार, ०२ मङ्सिर २०८१, २० : १०

विराटनगर । कोशी राजमार्ग अन्तर्गत पर्ने सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।
इटहरीबाट विराटनगर आउँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवको मृत्यु भएको थियो ।
दुर्घटना पछि भागेको बसलाई आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन् । आगजनीका कारण बस पूर्णरुपले ध्वस्त भएको छ । सो दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटमा अनु कडायतको छलाङ : क्यानको प्रशिक्षण क्याम्पमा सामेल
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै