युक्रेनमा रुसको ठुलो हमलापछि पोल्याण्डले गर्यो यस्तो तयारी
आइतबार, ०२ मङ्सिर २०८१, १७ : ५०

वार्सा । रुसले युक्रेनमा गए राति सेप्टेम्बरयताकै भीषण आक्रमण गरेको थियो । यस्तोमा छिमेकी देश पोल्यान्डले आफ्नो वायुसेनालाई ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन भनेको छ ।
पोल्याण्डको सशस्त्र बलको अपरेशनल कमाण्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै पोल्यान्डको विमान र सहयोगी देशका विमानहरूले पोल्याण्डको हवाई क्षेत्रमा परिक्रमा गर्न थालेको बताएको छ । पोल्याण्डले सबै सशस्त्र सेना र संसाधनहरूलाई सक्रिय पारेको पनि भनिएको छ ।
ड्यूटीमा रहेका लडाकु विमानहरूलाई पनि तैनाथ गरिएको बताइएको छ । जमिनबाट आक्रमण गर्ने वायु रक्षा प्रणाली र रडारहरू पनि तैनाथ गरेको पनि पोष्टमा उल्लेख गरिएको छ । रुसले युक्रेनमा क्रुज र ब्यालेस्टिक मिसाइलका साथै ड्रोनबाट आक्रमण गरेको थियो । यी आक्रमणमा पश्चिमी युक्रेनका क्षेत्रहरूलाई पनि निशाना बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर