रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण

किभ । गए राति रुसले युक्रेनका कयौँ स्थानमा मिसाइल र ड्रोनहरूले आक्रमण गरेको थियो । सेप्टेम्बरयता युक्रेनमा रुसले गरेको यो सबैभन्दा ठुलो हमला भएको बताइएको छ ।
यस हमलामा रुसले फेरि युक्रेनको जेनेरेटर र प्रसारण स्टेशनहरूजस्ता ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ । युक्रेनको दक्षिणमा अवस्थित मिकोलेभ सहर यस आक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक भएको छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार यस आक्रमणमा दुई महिलाको मृत्यु भएको छ ।
आक्रमणमा दुई बालबालिकासहित अरू ६ जना घाइते भएको पनि बताइएको छ । आइतबार बिहान धेरै ड्रोन आक्रमण भएको मिकोलेभका गभर्नर भितालीय किमले बताएका छन् । आगलागीका कारण आवासीय भवन, अग्लो भवन, कार, सपिङ सेन्टर र अन्य पूर्वाधारमा क्षति पुगेको पनि उनले बताए । युक्रेनको राजधानी किभमा पनि क्षेप्यास्त्र र ड्रोन रोकिएको थियो । यसको टुक्रा धेरै ठाउँमा खसेको तर कोही पनि घाइते भएको खबर भने नआएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त