राष्ट्र बैंक प्रतिवेदन
बैंकहरूको सम्पत्ति बढ्यो, लघुवित्तको घट्यो
आइतबार, ०२ मङ्सिर २०८१, १७ : २१

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति बढेको र लघुवित्त कम्पनीहरूको घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसरा गत आवमा ‘क’ वर्गका बैंकहरूको कुल सम्पत्ति र दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ ।
गत आवमा विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । गत आवमा विकास बैंकहरूको कुल सम्पत्ति ७ खर्ब १७ अर्ब पुगेको छ ।
यसैगरी वित्त कम्पनीहरूको सम्पत्ति ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर लघुवित्तहरूको कुल सम्पत्ति र दायित्व १.३ प्रतिशतले घटेको छ । गत आवमा लघुवित्तहरूको सम्पत्ति तथा दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमा गुञ्जियो बाल साहित्य
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल
-
भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?