रिसोर्टमा लगेर आँखामा पट्टी बाँधी बन्धक बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

काठमाडौँ । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रसुवाका बुद्धि बहादुर तामाङ, नुर्पु सिंगी तामाङ, टेम्पा नुर्पु तामाङ र गोपाल तामाङ रहेका छन् ।
योजनाबद्ध तवरले उनीहरूले राजधानीको बालाजु माछापोखरीबाट गत असोज ४ गते पीडितहरूलाई ट्याक्सीमा राखी बुढानीलकण्ठको शैलजा रिसोर्टमा लगेका थिए ।
त्यसपछि पीडितहरूलाई आँखामा पट्टी बाँधी बन्धक बनाई कुटपिट गर्नुका साथै चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाएर थप रकम समेत माग गरेका थिए ।
यस सम्बन्धी उजुरी परेपछि ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
-
एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो
-
‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई
-
वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो
-
पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई भारतीय फ्यानले पानीको बोतल पठाएपछि...