सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचारीको हो : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ मकै पोल्ने र जुत्ता सिलाउनेको नभएको बरु राजनीतिक भ्रष्टाचारीहरूको भएको दाबी गरेको छ ।
आइतबार पार्टी कार्यालयमा दोस्रो चरणको आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहकारीमा ठगिएको ८७ अर्बमध्ये ८५ अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचारीको भएको बताएका हुन् ।
सहकारी छानबिन प्रतिवेदनले औँल्याएको ८७ अर्बमध्ये केही रकम मात्र मकै पोल्ने र जुत्ता पालिस गर्नेहरूको भएको झाको भनाइ छ ।
उनले भने, ‘सहकारीको ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने छ । तपाईँहरूलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुत्ता पालिस गर्नेको पैसा हो ? होइन । त्यो त राजनीतिक भ्रष्टाचारको पैसा हो । त्यसमध्ये केही रकम मकै पोल्ने र जुत्ता पालिस गर्नेको हुनसक्छ तर सबै रकम उनीहरूको होइन ।’
उनले पुराना पार्टीले कालो धनको पैसा लुकाउन स्रोत खोल्नु नपर्ने हुनाले सहकारीमा राखेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म