पुथा उत्तरगंगामा क–कसले उम्मेदवारी दर्ता गरे ?
आइतबार, ०२ मङ्सिर २०८१, १७ : ०२
बुटवल । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनमा विभिन्न दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । गाउँपालिका उपाध्यक्षकाे उम्मेदवारमा ५ जना र वडा नं. २ को वडाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा नरपुरा बुढा पुन, एमाले र कांग्रेसको गठबन्धनबाट उपाध्यक्ष उम्मेदवारीमा कांग्रेसको चुनाव चिन्हमा एमालेका केशकुमारी तुलाचन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा सुनिता बुढा, स्वतन्त्रबाट कोपिला पुन बुढा र मोहनभक्त बुढा गरी ५ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए।
यसैगरी वडा नं २ को उम्मेदवारमा माओवादी केन्द्रबाट जगत घर्ती र कांग्रेस र एमालेको गठबन्धनबाट एमालेका जीवन रोकाले उम्मेदवार दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब दमननाथ ढुङ्गानाले संसद् प्रतिपक्षीको हो भने...
-
जिसस कैलाली प्रमुखमा कांग्रेस र नाउपाबिच भिडन्त, चौधरी र भुलको उम्मेदवारी
-
प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिबारे बोल्न चाहेनन् माओवादी नेता
-
स्थानीय तह उपनिर्वाचनमा जनमत पार्टीले दियो १६ स्थानमा उम्मेदवारी
-
मुद्दती निक्षेपमा १ अर्ब २७ करोड राख्दै राष्ट्र बैंक
-
माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै, के–के छन् एजेण्डा ?