पूर्वसभामुख ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएका उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
ढुङ्गानाको निधनपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत फ्रन्टलाइन अस्पताल पुगेका थिए ।
सो क्रममा प्रतिनिधिसभाकी उपसभामुख रानाले आफूले ढुङ्गानालाई अभिभावको रूपमा लिएको र उनको निधनप्रति निकै दुख लागेको बताइन् ।
विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा