पुनः एकसाथ फिल्ममा काम गर्दै अजय–अक्षय

नयाँ दिल्ली । बलिउड अभिनेता अजय देवगन छिट्टै अर्का अभिनेता अक्षय कुमारको साथमा देखिन लागेका छन् । अजयले भविष्यमा आफूले अक्षय कुमारसँग फेरि काम गर्ने खुलासा गरेका छन् । अक्षय मुख्य भूमिकामा भएको एउटा फिल्मको निर्देशन अजयले गर्न लागेका छन् । हालै अजय देवगन र अक्षय कुमार फिल्म सिंघम अगेनमा सँगै देखिएका थिए ।
छिट्टै हुनेछ फिल्मको घोषणा
अक्षयसँग ठूलो बजेटको फिल्ममा काम गर्न लागको हो भनेर हालै एउटा अन्तरवार्तामा अजयलाई सोधिएको थियो । ‘हामीले यसको घोषणा पछि गर्नेवाला थियौं । हामीले पहिला पनि सँगै केही काम गरिसकेका छौं । जसमा मैले निर्देशन गरिरहेको थिए र अक्षयको अभिनय रहेको थियो । हामी छिट्टै यसबारे थप जानकारी शेयर गर्नेछौं', यसको जवाफमा अभिनेताले भनेका थिए ।
अजयको फिल्ममा काम गर्न गइरहेको छुः अक्षय
अजयका यी कुरामा अक्षयले पनि आफ्नो भनाई राखेका छन् । ‘म मिस्टर अजय देवगनले निर्देशन गर्न लागेको फिल्ममा काम गर्न गइरहेको छुँ,’ अक्षयले भनेका छन् । अजयले अभिनयसँगै निर्देशनमा पनि हात हालेका छन् । यसअघि उनले रनवे ३४, भोला र शिव जस्ता चलचित्र निर्देशन गरेका थिए ।
आगामी फिल्मको बारेमा कुरा गर्दा अक्षय स्काई फोर्स, जोली एलएलबी ३, हाउसफुल ५ र वेलकम टु द जंगलमा देखिँदै छन् । अजयसँग पनि यतिबेला हातमा सन अफ सरदार २, रेड २, दे दे प्यार दे २ र आजाद जस्ता फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर