इरानी सर्वोच्च नेता खामेनेईले छोरालाई सुम्पिएका हुन् गद्दी ?
तेहरान । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले आफ्ना माइलो छोरा मुजतबा खामेनेईलाई उत्तराधिकारी बनाएका छन् । बिमारीका कारण खामेनेईले यो निर्णय लिएको बताइएको छ ।
यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । खबरका अनुसार इरानको एक्सपर्ट एसेम्बलीले सेप्टेम्बर २६ मै नयाँ सर्वोच्च नेता चयन गरेको थियो । खामेनेई आफैंले सभाका ६० सदस्यलाई बोलाएर उत्तराधिकारीबारे गोप्य रूपमा निर्णय गर्न भनेका थिए । सभाले मुज्तबाको नाम सर्वसम्मतिले पारित गरेको भनिएको छ ।
विरोध प्रदर्शनलाई कठोरसँग दबाएर विश्वको नजरमा आएका थिए मुजतबा
आफ्ना पिता जस्तै मुजताबा इस्लामिक मामिलामा जानकार छन् । पहिलो पटक सन् २००९ मा सारा विश्वको ध्यान उनीतिर गएको थियो । इरानमा जारी विरोध प्रदर्शनलाई कठोरताका साथ उनले दबाएका थिए । यस क्रममा कयौँ मानिसको ज्यान गएको थियो । त्यसपछि राष्ट्रपतिको चुनावमा कट्टरपन्थी नेता महमूद अहमदीनेजादले सुधारवादी नेता मीर हुसेन मौसावीलाई हराए ।
निर्वाचनमा व्यापक अनियमितता भएको दाबी सुधारवादी नेताहरूले गरेका थिए । त्यसपछि लाखौं मानिस सडकमा निस्किए । यसलाई ‘इरानी हरित आन्दोलन’ नाम दिइएको थियो । यो आन्दोलन दुई वर्षसम्म चल्यो, तर इरानी सरकारले बल प्रयोग गरेर यसलाई दबायो । यसका पछाडि मुजताबा खामेनेईको दिमाग रहेको बताइएको थियो ।
२ वर्षदेखि चल्दैथ्यो मुजतबालाई सर्वोच्च नेता बनाउने तयारी
विगत दुई वर्षदेखि मुजतबा खामेनेईलाई सर्वोच्च नेता बनाउने तयारी भइरहेको थियो । मुजतबाले सरकारमा कुनै पद नराखेपनि महत्वपूर्ण निर्णयमा उनको सहभागिता निरन्तर बढ्दै गएको देखिएको थियो । रिपोर्टका अनुसार मुजतबा एक रहस्यमय व्यक्ति हुन् । उनी कमै अवसरमा मात्रै सार्वजनिक रुपमा देखिन्छन् । आफ्नो पिताले जस्तै उनी पनि सार्वजनिक भाषण दिँदैनन् ।
इरानको गुप्तचर निकाय र अन्य सरकारी निकायमा मुजतबाका मानिसहरू रहेको बताइएको छ । इब्राहिम रायसी इरानको राष्ट्रपति बनेपछि मुजतबाको कदमा उल्लेखनीय वृद्धि भएको थियो । मुजतबालाई इरानी राष्ट्रपति बनाउन राइसीको उत्तराधिकारीको रुपमा तयार पारिरहेको खबर पनि आएको थियो । तर राईसीको मृत्यु पछि यसमा परिवर्तन भयो ।
ठुला छोरालाई खामेनेईले किन दिएनन् जिम्मेवारी ?
समाचार एजेन्सी एपीमा छापिएको खबरका अनुसार ८५ वर्षीय अयातोल्लाह खामेनेई गम्भीर रुपमा बिरामी परेका छन् । आफ्नो मृत्यु हुनुअघि शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि उनले आफ्ना छोरालाई सबै जिम्मेवारी सुम्पेको भनिएको छ । रोचक कुरा चाहिँ के छ भने उनले आफ्नो जेठो छोरा मुस्तफालाई भने आफ्नो उत्तराधिकारी बनाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास