प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
आइतबार, ०२ मङ्सिर २०८१, १६ : १४

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंक प्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।