महावुको अध्यक्षका लागि ५ र नलगाडको उपप्रमुखका लागि ४ दलको उम्मेदवारी दर्ता

सुर्खेत । स्थानीय तह उपनिर्वाचनका लागि दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ नेपाली कांग्रेसकातर्फबाट झलक भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एमालेका तर्फबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत हमालको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ ०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नेपाली कांग्रेसका लछुमन गुरुङको हृदयघातका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि हुन लागेको निर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालयले रातोपाटीलाई दिएको जानकारी अनुसार यहाँ कांग्रेस, राप्रपा, एमाले र माओवादीले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसकातर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि उम्मेदवारी दर्ता हुने भनिएपनि अहिलेसम्म नभएको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको २०८० कार्तिकमा भूकम्पमा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री