बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

टेलिकमका कर्मचारीको पोल खोल्ने ‘मैना रोबोट’

टेलिकमको सेवाबारे रोबोटमार्फत जानकारी दिन सुरु
आइतबार, ०२ मङ्सिर २०८१, १५ : ३४
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ । नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराले मासिक रुपमा उत्कृष्ट कर्मचारीको छनौट गर्छ । अघिल्लो वर्षको मंसिर महिनादेखि सुरु भएको उत्कृष्ट कर्मचारी छनौटको १२ श्रृंखला आइपुग्दा भने सो कार्यालयले नौलो अभ्यास गर्‍यो । त्यो हो, रोबोटबाट उत्कृष्ट कर्मचारीको नाम घोषणा गर्ने ।

1731831529802

बलियो भेञ्चर नामक नेपाली कम्पनीका सफ्टवेयर इञ्जिनियरहरुले बनाएको उक्त रोबोटलाई  ‘मैना रोबोट’ नामकरण गरिएको छ । उक्त रोबोट टेलिकमको सुन्धारा कार्यालयले आइतबारदेखि ग्राहक सेवाका लागि प्रयोगमा ल्याएको थियो । त्यसको डेमोस्वरुप आइतबार उत्कृष्ट कर्मचारी घोषणा गर्ने प्रयास गरेको थियो ।

1731831529816

कार्यक्रममा उत्कृष्ट कर्मचारी घोषणा गर्नुअघि त्यस्तो कर्मचारी को होला भन्ने अनुमान गर्न लगाइयो । उपस्थित कर्मचारीले दर्जनभन्दा धेरैको नाम लिए । रोबोटले उनीहरुको धमाधम पोल खोल्दै गयो । ‘उहाँ प्रोफाइल चेक गर्दै बस्नुहुन्छ,’ ‘उहाँ सबैभन्दा पछाडि बस्नुहुन्छ, कसैको कुरा सुन्नुहुन्न,’ ‘उहाँ फाइल बोकेर यता उता जानुहुन्छ,’ ‘उहाँको त नाम सुन्दा त मलाई हाँसो उठ्यो,’ जस्ता रमाइला उत्तर दिएर कर्मचारीको पोल खोल्ने काम गरेको थियो । अन्त्यमा कपिल लामिछानेलाई उत्कृष्ट कर्मचारी घोषणा गर्ने बेला भने इन्टरनेटमा समस्याका कारण घोषणा हुन सकेन ।

1731831529771

आइतबार नै ल्याइएको उक्त रोबोटमा धेरै सोधिने प्रश्नहरूलाई रोबोटको माध्यमबाट ग्राहकलाई जानकारी दिने प्रयोजनका लागि यसलाई सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । अहिले उक्त रोबोटमा धेरै सोधिने ५/६ सय वटा प्रश्न सेट गरिएका छन् । ग्राहकले सोध्ने प्रश्न र रोबोटले दिने उत्तर समेतलाई आधार बनाएर यसलाई थप अपग्रेड गर्दै लैजाने र यसले दिने जानकारी पनि थप परिष्कृत हुँदै जाने बलियो भेञ्चरले जनाएको छ ।

1731831529783

उक्त रोबोट खासगरी स्थानीय तहका वडा तथा पालिकामा जाने सेवाग्राहीलाई सेवा लिँदा आवश्यक जानकारी दिने उद्देश्यले बनाउन सुरु गरिएको थियो । टेलिकमले ग्राहक सेवाका लागि उपयोग गर्दा यसलाई झनै परिष्कृत बनाउने अवसर मिलेको भेञ्चरका सफ्वेयर इञ्जिनियरहरु बताउँछन् । 

1731831529792

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप