कफीको न्यूनतम समर्थन मूल्य तोकियो
आइतबार, ०२ मङ्सिर २०८१, १५ : २७

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । कफी उत्पादनलाई व्यवस्थित गर्न बोर्डले यस वर्ष कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
फ्रेस चेरी कफीको ‘ए’ ग्रेडको मूल्य प्रतिकेजी १०५ रुपैयाँ र यही कफीको ‘बी’ ग्रेडको मूल्य प्रतिकिलो ९५ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, पार्चमेन्ट कफीको ‘ए’ ग्रेडको ५३५ रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४८२ रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ ।
यस्तै, ड्राइ चेरी कफीका लागि ग्रेड ‘ए’को मूल्य २८० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको मूल्य २४७ रुपैयाँ निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु