रोड शोको बिचमा गोविन्दाको छाती दुखेपछि...

नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएको छ । शनिबार महाराष्ट्रको जलगाउँ जिल्लामा सत्तारुढ महायुती गठबन्धनको लागि रोड शोमा रहँदा अभिनेताको स्वास्थ्य बिग्रिएको हो ।
त्यसपछि रोड शोबिचमै छोडेर अभिनेता मुम्बई फर्किएका थिए । एक्कासी गोविन्दाको स्वास्थ्य बिग्रिएको देखेर भीडमा अत्यास देखिएको थियो । एक्कासी उनको छाती दुख्न थालेको बताइएको छ । अभिनेता अहिले ठिक रहेको गोविन्दाका नजिकका एक व्यक्तिले बताएका छन् । उनले थाकेको र असहज महसुस गरिरहेका थिए भनेर भनिएको छ । यद्यपि गोविन्दाबाट यसको आधिकारिक पुष्टि भने भएको छैन ।
गोविन्दाले जलगाउँको मुक्ताईनगर, बोदवाड, पचोरा र चोपडामा महायुतीका उम्मेदवारहरूको लागि प्रचार गरिरहेको पिंकभिल्लाले एउटा समाचारमा बताएको थियो । रोड शोको क्रममा उनले भीडलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्न र सत्तारूढ गठबन्धनलाई भोट गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री एकनाथ शिन्देको नेतृत्वमा रहेको शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले राजनीतिमा पुनः प्रवेश गरेका थिए । महाराष्ट्रका सबै २८८ सिटका लागि नोभेम्बर २० मा मतदान हुँदैछ । मतगणना नोभेम्बर २३ मा हुनेछ ।
केही दिन अघि लागेको थियो खुट्टामा गोली
अक्टोबर १ मा गोविन्दाको खुट्टामा गोली लागेको थियो । घरमा बन्दुक दराजमा राख्ने क्रममा खसेर अभिनेताको खुट्टामा गोली लागेको थियो । गोली लागेपछि उनलाई मुम्बईको क्रिटी केयर एसिया अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले उनलाई केही दिन घरमै व्यायाम र फिजियोथेरापी गर्न सल्लाह दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै