सिरीजंघा- ३ मा एमालेबाट कुमारी साउदेनको उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ५३

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।
सिरीजंघाको वडाध्यक्षमा एमालेका तर्फबाट कुमारी साउदेन (लिम्बु) ले उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्ताका क्रममा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई समेत उपस्थित भएका थिए ।