हेटौँडा उपमहानगरपालिका–१२ मा कांग्रेसका तिवारीले दर्ता गरे उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ५०
![हेटौँडा उपमहानगरपालिका–१२ मा कांग्रेसका तिवारीले दर्ता गरे उम्मेदवारी](https://npcdn.ratopati.com/media/news/tiwari_ukfXxoeIsa.jpg)
हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । गत २०७९ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका अर्जुन प्रसाद तिवारीले मनोनयन दर्ता गरेका हुन् ।
उनले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । तिवारी गत २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित भएका थिए । सो निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाएका थिए भने विजयी भएका घलानले १ हजार ३७१ मत पाएका थिए ।
तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहेका थिए । सो निर्वाचनमा पनि घलानले चुनाव जित्दा तिवारी दोस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता