रुकुम पूर्वमा कांग्रेसको चिन्ह लिएर एमाले उम्मेदवार बन्दै
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ४३

बुटवल । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा एमालेले र कांग्रेसबिच सहमतिमा उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने तयारी गरेको बताए ।
यस्तै वडामा पनि कांग्रेस र एमाले बिच एउटै चिन्हमा उम्मेदवार उठाउने गरी छलफल चलिरहेको उनले रातोपाटीलाई बताए । उनले भने, ‘अझैसम्म उम्मेदवारी दर्ता भएको छैन । हामी यही छलफलमार्फत केही दिनमा टुङ्गोमा पुग्छौ होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा