बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सुगत मानन्धरले जिते परेवा उडान प्रतियोगिताको उपाधि

आइतबार, ०२ मङ्सिर २०८१, १४ : २६
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ ।  यस वर्षको परेवा उडान प्रतियोगितामा काठमाडौंका सुगत मानन्धरले प्रथम स्थान हासिल गरेका छन् । उनका परेवाले कुल ३८ घण्टा ३० मिनेटसम्म उडान भरेको थियो ।

प्रतियोगितामा कविन श्रेष्ठ दोस्रो भए । उनको परेवाले ३४ घण्टा आठ मिनेटसम्म उडान भरेको थियो । वीरेन्द्र श्रेष्ठ तेस्रो भए । उनको परेवाले भने ३२ घण्टा २३ मिनेटसम्म उडान भरेको थियो ।

प्रतियोगितामा हरिश भुजु चौथो स्थानमा रहे । उनको परेवाले २० घण्टा ५१ मिनेटसम्म उडान भरेको थियो । तुलसीकुमार साहुखल पाँचौं भए । उनको परेवाले नौ घण्टा १० मिनेट उडान भरेको थियो ।

यसैगरी, सुमन फुयाल छैटौं स्थानमा रहे । उनको परेवाले ६ घण्टा २४ मिनेट उडान भरेको थियो । प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी, प्रतियोगितामा तेस्रोदेखि छैटौँ स्थान हासिल गर्नेले क्रमशः २५ हजार, १० हजार, आठ हजार र पाँच हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दिनेश श्रेष्ठ उत्कृष्ट खेलाडी बने ।

दिनेशको एक परेवाले ११ घण्टा १४ मिनेट लामो उडान भरेको थियो । उनले २० हजार रुपैयाँ पुरस्कार जिते । नेपाल परेवा उड़ान खेल संघको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा ८४ जना खेलाडीले आफ्ना परेवाहरुलाई सहभागी गराएका थिए । प्रतियोगितामा काठमाडौँ, ललितपुर र भक्तपुरका खेलाडीहरु सहभागी थिए ।

यसका अतिरिक्त काभ्रे, वुटवल र वर्दिवासका खेलाडीहरुले पनि प्रतियोगितामा भाग लिएका थिए । पाकिस्तानको लाहोरबाट आएका प्रमुख अतिथी उस्ताद मोहम्मद हाजी गुज्जर, बिशेष अतिथि पंछी संरक्षण संघका अध्यक्ष डा. करन शाह, पूर्बअध्यक्ष कृष्ण प्रजापती, नारायणबहादुर श्रेष्ठलगायत संस्थाका संरक्षक कुमार गोरख शमशेर जबराले पखेलाडीलाई पुरस्कार वितरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप