हेटौँडा उपमहानगरपालिका–१२ को अध्यक्ष पदमा एकीकृत समाजवादीका बलले गरे मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १४ : १५

हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादी पार्टीका बलराम बलले मनोनयन दर्ता गरेका छन् ।
हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उपस्थितिमा बलले मनोनयन दर्ता गरेका हुन् । प्रस्तावक देवेन्द्र प्रसाद पराजुली र सुप्र देवी बलको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।