७ लाख ३६ हजार क्विन्टल धान खरिद गर्न साढे दुई अर्ब बजेट
३७ हजार क्विन्टल धान खरिद सकियो
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ०३

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म ३७ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । यो वर्ष कम्पनीले ७ लाख ३६ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ । जसका लागि २ अर्ब ५६ करोड बजेट छुट्याइएको छ ।
खाद्य कम्पनीका १३ वटा कार्यालयबाट देशैभर २५ जिल्लाका किसान र कृषि सहकारीबाट धान खरिद गरिने कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।
उनका अनुसार यी कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर धान खरिद गरिने भएको छ ।
पोखरामा जेठोबुढो धान र जुम्लामा मार्सी धान र बाँकी २३ जिल्लाबाट मोटा र मध्यम जातको धान खरिद गरिने छ ।
यस्तै यो वर्ष कम्पनीले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध