डेनमार्ककी भिक्टोरिया क्जेयर थेइल्भिग बनिन् मिस युनिभर्स

मेक्सिको सिटी । डेनमार्ककी भिक्टोरिया क्जेयर थिइल्भिग मिस युनिभर्स २०२४ बनेकी छिन् । शनिवार राति मेक्सिको सिटीमा आयोजित प्रतियोगिताको फाइनलमा थिइल्भिगले उक्त उपाधि चुमेकी हुन् ।
प्रतिस्पर्धा जित्ने उनी पहिलो डेनिस नागरिक हुन् । २१ वर्षकी थिइल्भिग कुशल नर्तकी, उद्यमी र वकिल पनि हुन् । विश्वभरका १२० जना प्रतिस्पर्धीलाई उछिनेर प्रतिस्पर्धाको ताज पहिरेकी थिइन् ।
प्रतिस्पर्धाको फाइनलमा गायक रबिन थिकले प्रस्तुति दिएका थिए । प्रतिस्पर्धालाई ‘सेभ्ड बाइ द बेल’ स्टार मारिओ लोपेज र पूर्व मिस युनिभर्स ओलिभिया कल्पोले होष्ट गरेका थिए । बिहिबारको प्रिलिमनरीमा ३० जना प्रतिस्पर्धीको नाम सर्ट लिस्ट गरिएको थियो । नाइजेरियाकी चिदिम्मा अदेत्शिना पहिलो रनर–अप भइन् भने मेक्सिकोकी मारिआ फर्नान्डा बेल्ट्रान सेकेन्ड रनर अफ भइन् ।
यस वर्षको प्रतिस्पर्धाको ७२ वर्षको इतिहासमा पहिलो पटक २८ वर्षको उमेर सीमा हटाइएको थियो । प्रतिस्पर्धामा दुई दर्जन भन्दा बढी प्रतिस्पर्धी २८ वर्ष भन्दा बढी उमेरका थिए । माल्टाकी बिट्रिस एनजोया ग्र्यान्ड फिनालेमा पुग्ने ४० माथिकी पहिलो प्रतिस्पर्धी बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा