विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली लागेपछि....
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ५५

वासिङ्टन डिसी । डलास प्रहरीले विमानस्थलबाट उडेर जाँदै गरेको विमानमा गोली लागेको घटनाको अनुसन्धान गरिरहेको छ । शुक्रबार साँझ टेक्सासको डलास लभ फिल्ड विमानस्थलबाट उडेर जान लागेको साउथवेष्ट एयरलाइन्सको बोइ७३३–८०० विमानमा गोलीले छोएको थियो । साँझ १० बजेलगत्तै सो विमान डल्लासबाट इन्डियापोलिसका लागि उडेको थियो ।
उडानका लागि विमान तयार रहेकै अवस्थामा गोली विमानको दायाँ साइडमा लागेर फ्लाइट डेकको ठीकमुनि अड्किएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक लागेन । विमान सकुशल गेटतिर फर्कियो र यात्रीहरूलाई उतारियो । विमानलाई तत्कालको लागि उडानका लागि प्रयोग नगरिने भएको छ ।
यस घटनामा शनिबार बिहानसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल