खेलाडीको सहभागितामा धनगढीमा र्याली आयोजना गर्दै सुदूरपश्चिम रोयल्स
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीमा भव्य र्याली आयोजना गर्ने भएको छ ।
सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको आयोजना गर्न लागेको हो । र्यालीमा सुदूरपश्चिम रोयल्का मार्की दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायतका खेलाडीको सहभागिता रहने उक्त क्लबले जनाएको छ ।
र्यालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दिए । उनले सुदूरपश्चिको पहिचानलाई थप उचाईमा पुर्याउन धनगढीमा उपलब्ध सबै सुदूरपश्चिमेलीलाई र्यालीमा सहभागिताका लागि अनुरोध पनि गरेको छ ।
एनपीएल मंसिर १५ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागितामा रहने छ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
सुदूरपश्चि रोयल्सको अन्य खेलाडीमा भने आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खड्क बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन क्याकमलेन (स्कटल्यान्ड), सेफ अली जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीको दलदलेमा तेस्रो दिगो ई-स्टप
-
दमननाथको निधनले अत्यन्त दुःखी बनाएको छ : प्रधानमन्त्री
-
शून्य कार्बन अवधारणासहित नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न
-
ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दलको मनोनयन दर्ता
-
दमननाथको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त
-
घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा