रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने, स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे छलफल
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।
सो पार्टीका कार्यवाहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त नगरपालिकामा पार्टीका तर्फबाट जयराम कार्कीले प्रारम्भिक उम्मेदवारीका लागि नाम दर्ता गरे पनि अन्तिम समयमा नाम फिर्ता लिने चाहाना राखेकाले पार्टीका तर्फबाट उम्मेदवारी नदिइने बताए ।
‘कीर्तिपुरको मेयरका लागि प्रारम्भिक रूपमा जयराम कार्कीको आवेदन परेको थियो । तर उहाँले नाम फिर्ता लिने कुरा गर्नुभयो’, बुर्लाकोटीले रातोपाटीसँग भने,‘अव त्यहाँ हामी कुनै स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने गरी छलफलमा छौ ।’
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता जारी छ । कीर्तिपुरका दुवै वडाध्यक्षमा पनि उम्मेदवारी नदिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो