महिला फिल्म मेकरले सिके सिनेमाटोग्राफी
काठमाडौँ । महिला फिल्म मेकरले सिनेमाटोग्राफी सिकेका छन् । नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) द्वारा आयोजित ‘सिनेमाटोग्राफी कार्यशाला’मा उनीहरूले छायाङ्कन सम्बन्धी विभिन्न तालिम लिएका हुन् ।
गत कार्तिक २५ देखि मंसिर १ गतेसम्म चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित कार्यशाला १२ जना महिला फिल्म मेकर सहभागी थिए । कार्यशालाका लागि १३० भन्दा बढी आवेदन परेको थियो ।
प्राथमिक छनोट प्रक्रियामार्फत १२ जनालाई सहभागी गराइएको थियो । उनीहरूलाई सिनेमाटोग्राफीका विविध पक्षमा प्रशिक्षण दिन अग्रणी विशेषज्ञहरू शिशिर बिसंखे, अमर महर्जन, भारतकी बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य, र मुनमुन धरालियाले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा सोनी एफएक्स ६ र एफएक्स ९ जस्ता अत्याधुनिक फिल्म क्यामेराको प्रयोग गरी प्रकाश व्यवस्थापन, रङ्ग संयोजन, सम्पादन, र ध्वनि डिजाइनजस्ता महत्त्वपूर्ण पक्षमा व्यावहारिक ज्ञान प्रदान गरियो । सहभागीहरूले चलचित्र निर्माणको हरेक चरणमा आवश्यक पर्ने सीप र ज्ञानको गहिरो अनुभव लिए ।
अमेरिकी दूतावासको प्रायोजन र ग्लोबल मिडिया मेकर्सको सहकार्यमा सम्पन्न यस कार्यशालाले ज्ञान आदानप्रदान र सहकार्यका नयाँ अवसरहरू सिर्जना गरेको छ । ग्लोबल मिडिया मेकर्स, जो फिल्म इन्डिपेन्डेन्ट र अमेरिकी विदेश मन्त्रालयको साझेदारी हो, यस कार्यशालाको प्रमुख सहायक साझेदारका रूपमा रहेका थिए ।
कार्यक्रम चलचित्र विकास बोर्ड नेपाल, शान्ता फाउन्डेसन, अमेरिकी दूतावास नेपाल र फोटोन फिल्मसको समेत सहकार्य रहेको थियो ।
सन् २०१९ मा स्थापना भएको एनएफएफले महिलाहरूलाई सशक्त बनाउन प्रशिक्षण, स्रोत र मञ्च उपलब्ध गराउँदै आएको छ । कार्यशालाका सहभागीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रमाण पत्र वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा यःमरी मेला हुने
-
योनेक्स सनराइज अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारदेखि
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको घटनाबारे प्रहरीले थाल्यो छानविन
-
भैसीपाटी हनिट्राप : जिल्ला अदालतमा हाजिर भइन् शाही, बयानपछि थुनछेक हुने
-
आफूलाई भन्दा बढी बिरालोलाई माया गरेपछि श्रीमानविरुद्ध अदालत गइन् महिला
-
त्रिवि सभाको अनौपचारिक बैठकमा भएन कुनै निर्णय