३ दिनमा ५० करोड पनि पुगेन यो फिल्मको बक्स अफिस कलेक्सन

नयाँ दिल्ली । तमिल अभिनेता सूर्याको गिन्ती तमिल फिल्मका ठुला स्टारहरूमा हुन्छ । उनले हालसम्म धेरै ब्लकबस्टर फिल्मबाट दर्शकको मनमा गहिरो छाप छोडिसकेका छन् । तर, हालै रिलिज भएको उनको फिल्म कंगुवा भने बक्स अफिसमा नराम्ररी असफल भएको छ ।
कंगुवालाई शिवाले निर्देशन गरेका हुन् । सिनेम्याटोग्राफरदेखि लेखक र त्यसपछि निर्देशकसम्मको यात्रा गरेका शिवाको यो नयाँ फिल्ममा जनताले केही नयाँ देख्न पाएका छैनन् । चलचित्रले पुनर्जन्मको कथालाई चित्रण गरेको छ, जसले मानिसहरूलाई थिएटरहरूमा आकर्षित गर्न असफल भएको छ ।
कंगुवा करिब ३००–३५० करोड भारुको बजेटमा बनेको हो । फिल्ममा बबी देओलको लुकको पनि धेरै चर्चा पाएको थियो । तर रिलिजपछि यो लुकको जादू फिल्ममा प्रभावहीन रह्यो । फिल्मले पहिलो दिन २४ करोडको ओपनिङ गरेको थियो । पहिलो दिन फिल्मले हिन्दी भाषामा ३ करोड ५० लाख, तमिलमा १४ करोड ९० लाख, तेलुगुमा ५ करोड ५० लाख, कन्नडमा ३ लाख र मलायालममा ७ लाखको व्यापार गरेको थियो ।
कंगुवाबाट अभिनेता सूर्या र फिल्मका निर्माताले धेरै अपेक्षा गरेका थिए । तर फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएको छ । यसको बक्स अफिस प्रदर्शनको बारेमा कुरा गर्दा, फिल्म रिलिजको पहिलो तीन दिनमा रजनीकान्तको भेट्टैयन र शिवकार्तिकेयनको अमरन भन्दा निकै कम कमाई गरेको छ । भेट्टैयनले पहिलो तीन दिनमा ८२ करोड ४५ लाख भारुको व्यापार गरेको थियो । योसँगै अमरनले तीन दिनमा ६१ करोड ५५ लाख भारु कलेक्सन गरेको थियो ।
तेस्रो दिन कति भयो कङ्गुवाको कलेक्सन ?
दोस्रो दिन कङ्गुवाको आम्दानीमा ठूलो गिरावट आयो । शुक्रबार फिल्मले ७ करोड ४३ लाख भारु कमाएको थियो । तेस्रो दिनको कुरा गर्ने हो भने प्रारम्भिक तथ्यांकअनुसार शनिबार फिल्मले ६ करोड १६ लाख भारु कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ३९ करोड ४१ लाख भारु पुगेको छ । अर्थात् फिल्मले तीन दिनमा ५० करोडको स्तर पनि पार गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन