दैलेख महावुमा कांग्रेस र माओवादीले दर्ता गराए मनोनयन
आइतबार, ०२ मङ्सिर २०८१, १३ : २४

दैलेख । दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय गैडाबाजमा पुगेर मनोनयन दर्ता गराएका हुन् । यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी र माओवादीबाट जङ्ग बराल उम्मेदवार छन् ।
०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित कांग्रेसका लछुमन गुरुङको हृदयाघातका कारण निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँ रास्वपा, एमाले र समाजवादीले पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।
कर्णालीका ७ वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनमध्ये अध्यक्षका लागि हुन लागेको महावुको चुनावी प्रतिस्पर्धालाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन