नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ०७
काठमाडौँ । आइबार मध्याह्न नेपाल टेलिकमको टेलिफोन सेवा केही अवरुद्ध भएको छ ।
सेवा अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा तथा डेटा सेवाहरू चलेका थिएनन् । फोन नलाग्ने, अफ भन्ने लगायतका समस्या देखिएका थिए ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए । उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो ।’