सडक दुर्घटना नरोकिएपछि गृहले बोलायो सर्वपक्षीय बैठक
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ०५

काठमाडौँ । एकपछि अर्को सडक दुर्घटना हुन थालेपछि गृह मन्त्रालयले सरोकारवाला पक्षलाईलाई छलफलका लागि बोलाएको छ ।
प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा छलफल गर्न आइतबार अपराह्न बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ ।
आजको छलफलमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुर समेतलाई बोलाइएको छ ।
अहिले यातायात व्यवसायीहरूले लामो तथा मध्यम दूरीका रुटहरूमा टिकटबिना यात्रा गर्नै नपाउने व्यवस्था गर्न माग गर्दै आएका छन् ।
पहाडी क्षेत्रमा बोलेरो लगायत ढुवानीका साधनमा यात्रु ओसार्ने प्रवृत्ति तथा क्षमताभन्दा धेरै यात्रु र सामान राख्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा