कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले गरे उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ४३

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउँदै मानन्धरेले एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्ने बताए । उनले भने, ‘यस पटक कीर्तिपुरमा एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्छौँ । एकता सहकार्यको इतिहास कायम गर्नेछौँ । कीर्तिपुरको समृद्धि र विकासका लागि काम गर्नेछौँ ।’
उनले आफ्नो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउने घोषणा समेत गरे । सो नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीको उम्मेदवारी परेको छ । उनीहरुले पनि आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
वर्ष समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का