ग्रामथान अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले दिए उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १२ : २६

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको आव्हान गरिएको छ । आजै नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वासले १ बजे, कांग्रेसका बलराम सरदारले २ बजे, माओवादीका नमोनारायण माझीले साढे २ बजे उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यस्तै जनमत पार्टी, रास्वपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाएजेसन, समावेशी समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना