हेटौँडा उपमहानगरपालिका– १२ को अध्यक्षमा राप्रपाका भ्लोनले गरे मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : २०
![हेटौँडा उपमहानगरपालिका– १२ को अध्यक्षमा राप्रपाका भ्लोनले गरे मनोनयन दर्ता](https://npcdn.ratopati.com/media/news/prem_KaCtIcbsgG.jpg)
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राप्रपाले मनोनयन दर्ता गरेको छ । एक अध्यक्ष पदका लागि राप्रपाका प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गरेका हुन् ।
सङ्घीय संसद्का पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहको उपस्थितिमा भ्लोनले मनोनयन दर्ता गरेका हुन् । उनले तिलकबहादुर जर्गाको प्रस्ताव र हिरामणि चौलागाईंको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
हेटौँडा–१२ मा गत २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सरणसिंह थिङले १८३ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता