गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।
भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिए ।
गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसपीका महानिर्देशक अमृतमोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।
नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरूलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह समेत गरे । “नेपाल–भारतबिच सदियौँ पुरानो सम्बन्ध रहेको छ” गृहमन्त्री लेखकले भने– “सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबिचको सम्वन्ध थप बलियो हुनेमा विश्वस्त छु ।” भेटवार्तामा महानिर्देशकसहित एसएसपीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौँ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटक किन्न खोज्दै मिस्टर बिस्ट
-
‘बर्जर’ विवादमा निर्देशक पौडेलको प्रतिक्रिया– शोमा नयाँ दर्शकको आगमन भयो
-
अपराजित इङ्ल्यान्ड ‘सुपर–६’ चरणमा, हारेर पनि अगाडि बढ्यो अमेरिका
-
रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा
-
इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
-
सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो