सी जिनपिङले बाइडेनलाई भने –डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्छु

वासिङ्टन डीसी । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिवार पेरुवमा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनलाई भेटेका छन् । शनिवार पेरुमा भएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को वार्षिक शिखर सम्मेलनमा यी दुई नेताबिच भेट भएको हो ।
यस भेटमा सीले बाइडेनसँगको हालै भएको निर्वाचनबाट अमेरिकामा आगामी राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा गरेका छन् । भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए ।
यसक्रममा सी र बाइडेनले व्यापार र ताइवान मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल गरेका थिए । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि विश्लेषकहरूले दुई महिना पछि ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन् ।
आफ्नो चुनावी अभियानमै ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका थिए । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चीनसँग व्यापार युद्धै छेडेका थिए । चीनलाई उनले अमेरिकाको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी समेत भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रमका लागि के -के छन् संसद्का सुझाव ?
-
‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानवअधिकार सङ्कटमा पर्ने एम्नेस्टी इन्टरनेसनलको चेतावनी
-
जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछ भन्नु दिवास्वप्न जस्तै हो : ज्ञानेन्द्र शाही
-
प्रतिबन्धको अवधि सकिएलगत्तै एन्फाको साधारणसभामा सहभागी हुँदैछन् गणेश थापा
-
यी चार ठाउँमा ट्र्याक खन्दै छ नेपाली सेना
-
महिला, दलित, भूमिहीनको हक अधिकार सुनिश्चित हुने गरी नीति तथा कार्यक्रम ल्याउन निर्देशन