दर्शकको नाराबाजीपछि खेलाडीले मैदान छाडे, रोमानिया र कोसोभाबिच आरोप–प्रत्यारोप
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले रोमानिया र कोसोभाविरुद्ध अनुशासनको कारवाही अगाडि बढाउने भएको छ । यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताका क्रममा अनुशासन विपरितको कार्य गरेको आरोपमा यूईएफएले यस्तो निर्णय लिएको हो ।
रोमानिया र कोसोभाविरुद्ध शनिबार राति हुने भनिएको खेल रद्द गरिएको थियो । बुखारेस्टमा भएको खेलका क्रममा घरेलु समर्थकहरुले ‘सर्बिया–सर्बिया’ भनेर नाराबाजी गरेपछि बिचमै खेल स्थगित गरिएको थियो ।
खेल रद्द गरिँदा दुबै टोली गोलरहित बराबरीमा थिए । समर्थकहरुले लगातार नाराबाजी गरेपछि कोसोभा खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । त्यसतिबेला खेल अन्त्यतिर पुगिसकेको थियो । त्यसपछि खेल स्थगित भएको थियो ।
तर, कासोभोका खेलाडीहरु एक घण्टासम्म पनि मैदानभित्र नफर्किएपछि खेल रद्द भएको घोषणा गरिएको थियो । कोसोभो फुटबल महासंघले रोमानियाका समर्थकहरु ‘गैरजिम्मेबार, भेदभावपूर्ण ब्यवहारबाट प्रेरित र अनुशासनहिन’ भएको आरोप लगाएको छ ।
कासोभा फुटबल महासंघले समर्थकहरु अमर्यादीत रुपमा प्रस्तुत भएको र आफ्ना खेलाडीहरुको सुरक्षामाथि प्रश्न उठेकाले आफूहरुले मैदान छाडेको दाबी गरेको छ । उता, रोमानिया फुटबल संघले भने खेलका क्रममा समर्थकहरुले कुनै जातीय नारा नलागेको दाबी गरेको छ ।
रोमानिया फुटबल संघले मैदान छाडेर हिँडने कोसोभोका खेलाडीहरुको ब्यवहार ‘खेदजनक’ भएको भन्दै निन्दा गरेको छ । यूईएफएले भने घटनाको विषयमा अनुशन्धान भइरहेको बताउँदै दुबै फुटबल संघविरुद्ध अनुशासनको कारवाही अगाडि बढाउने जनाएको छ ।
खेलमा राजनीतिको प्रभाव देखिएपछि यस्तो अप्रिय अवस्था सृजना भएको बताइएको छ । कासोभोले सन् २००८ को फेब्रुअरीमा सर्बियाबाट एकपक्षीय रुपमा स्वतन्त्रताको घोषणा गरेको थियो । त्यतिबेला सर्बियन र अल्बेनियालीहरुसँगको तनावपूर्ण सम्बन्धपछि यस्तो निर्णय लिइएको कोसोभोको दाबी थियो ।
कोसोभोको स्वतन्त्रालाई बेलायतलगायत एक सयभन्दा बढी देशहरुले मान्यता दिइसकेका छन् । रोमानिया र सर्बियाले भने हालसम्म कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएको छैन । त्यसैले विश्व फुटबल महासंघ (फिफा) र यूईएफएद्वारा आयोजित प्रतियोगिताहरुमा कोसोभा र सर्बियालाई सकेसम्म अलग राख्ने प्रयास गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने