सानै उमेरदेखि धेरै स्क्रिन हेर्दा आउन सक्छ समय अगावै यौवनावस्था
काठमाडौँ । सानै उमेरदेखि स्क्रिनमा धेरै समय बिताउँदा समय अगावै यौवनाअवस्था आउन सक्ने एउटा अध्ययनले देखाएको छ । मुसामा गरिएको एउटा अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार कम उमेरदेखि नै स्क्रिनमा धेरै समय बिताउँदा समयपूर्व यौवनावस्था आउने सम्भावना छ ।
यो अनुसन्धानले स्मार्टफोन वा ट्याब्लेटबाट निस्कने नीलो प्रकाशको सम्बन्ध हड्डीको तीव्र वृद्धि र हड्डीको र हड्डीको उमेरमा वृद्धिसँग देखाएको छ । लिभरपुलमा युरोपेली सोसाइटी फर पेडियाट्रिक इन्डोक्राइनोलजीको ६२ औँ वार्षिक बैठकमा यो अनुसन्धानको प्रतिवेदन पेस गरिएको थियो ।
हड्डीको वृद्धि र यौवनावस्थाको विकासबिचको सम्बन्ध पत्ता लगाउने यो पहिलो प्रतिवेदन हो । ‘नीलो प्रकाशले कसरी शारीरिक वृद्धि र विकासलाई असर गर्छ भनेर देखाउने यो पहिलो अध्ययन हो ।’
टर्कीको गाजी विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा.आयलिन किलिंक उगुरलुले भने । अध्ययनले बालबालिकाको विकासमा आधुनिक स्क्रिनको प्रभावबारे थप अनुसन्धान गर्न आवश्यक रहेको यसले देखाएको पनि उनी बताउँछन् । यो अध्ययन मुसाहरूमा गरिएको हुनाले यी निष्कर्ष मानव बच्चाहरूमा लागू हुनेछन् भनेर निश्चित हुन नसक्ने उनी बताउँछन् ।
तर आफूहरूले सङ्कलन गरेको आँकडाले लामो समयसम्म नीलो प्रकाशको सम्पर्कमा रहँदा शारीरिक विकास र परिपक्वता दुबैमा तीव्रता आउने र जसका कारण समय अगावै यौवनाअवस्था देखिने देखाएको उनले बताए । बच्चाहरू ठुला हुँदा उनीहरूमा फिमरजस्ता लामा हड्डीहरू बन्छन् ।
केटीहरू १४ देखि १६ वर्षको उमेरबिचमा आफ्नो अधिकतम उचाइमा पुग्छन् भने केटाहरूमा १६ देखि १८ वर्ष उमेरको बीचमा वृद्धि पूरा भइसक्छ । तर यस अध्ययनले केटी र केटाहरू दुवैमा समय अगावै यौवनावस्थाको सङ्केत गरेको छ । नीलो प्रकाश उत्सर्जन गर्ने उपकरणहरूको बढ्दो प्रयोग यसको एक कारण हुनसक्ने उगुरलू भन्छन् ।
यो अध्ययन २१ दिन उमेरका १८ पुरुष र १८ पोथी मुसामा गरिएको थियो । यिनीहरूलाई ६/६ वटाको तीन समूहमा विभाजन गरिएको थियो । यौवनको पहिलो लक्षण नदेखिँदा सम्म यिनीहरूलाई ६ घण्टा सामान्य प्रकाश चक्र वा १२ घण्टाको नीलो प्रकाशको सम्पर्कमा राखिएको थियो ।
टोलीले मुसाको लम्बाइ र फिमर नापेर नीलो प्रकाशमा परेका मुसाका हड्डीहरू छिटो बढेको पत्ता लगाए । यसको मतलब तिनीहरूका हड्डीहरू धेरै चाँडो परिपक्व हुँदै गए जसले गर्दा वयस्कहरूको रूपमा तिनीहरू लम्बाई औसतभन्दा कम हुनसक्छ । यस विषयमा थप अध्ययन गर्नुपर्नेमा उगुरलूले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा राप्रपाले उठायो ज्ञानेन्द्रको पालामा चुनाव जितेका महर्जनलाई अध्यक्षको उम्मेदवार
-
‘यो आयोजना बनाएयता कैयौँ गुणा समस्या थपिए’
-
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
-
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
-
सडक दुर्घटना नरोकिएपछि गृहले बोलायो सर्वपक्षीय बैठक
-
पाकिस्तानलाई इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको साथ