विक्रम लामालाई आक्रमण गर्ने थप एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथी आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । आक्रमणमा संलग्न गोरखाको फुजेल घर भएका निश्चल सुनारलाई झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
सुनारलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले मार्सललाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएका छन् । उनी कारागारमुक्त भएपछि पुनः ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान गरिने एसपी अधिकारीले रातोपाटीलाई बताए ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमण गर्ने मध्येका २ जना अझै फरार छन् । आक्रमणकारीहरुको पहिचान भैसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आक्रमणमा संलग्न अजय लामा र दीपक बरामु फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे