शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
सूचना प्रविधि

इलनले ट्रम्पलाई जिताएको आक्रोस : एक्सको विकल्प बन्दै 'ब्लुस्काई'

आइतबार, ०२ मङ्सिर २०८१, ०० : ४५
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक सञ्जाल 'एक्स'का मालिक इलन मस्कले डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आक्रोस प्रयोगकर्ताहरूले 'ब्लुस्काई'मा निकालेका छन् ।

एक्सजस्तै अर्को सामाजिक सञ्जाल प्लाटफर्म ब्लुस्काई अहिले व्यापक चर्चामा आएको छ । विश्वव्यापी रूपमा अत्यधिक डाउनलोड भएपछि यस साता ब्लुस्काइको एप नै अवरुद्ध समेत भयो ।

अमेरिकी राष्ट्रपतीय चुनावपछि २० लाखभन्दा बढी प्रयोगकर्ताले ब्लुस्काई प्रयोगमा इन्ट्री मारेका छन् ।

ब्लुस्काई एपमा एक्कासी प्रयोगकर्ताहरूको संख्या बढेपछि उक्त एप नै अवरुद्ध भयो भने अहिले ब्लुस्काई प्रयोगकर्ताको संख्या १ करोड ६७ लाख पुगेको छ । पछिल्लो तीन महिनामा ब्लुस्काई प्रयोगकर्ताको संख्या दोब्बरले वृद्धि भएको हो ।

विशेषगरी उत्तरी अमेरिका र बेलायतबाट ठूलो संख्यामा मानिसहरूले ब्लुस्काई चलाउन थालेको द गार्डियनले लेखेको छ । 

यसले गर्दा गत सेप्टेम्बरमा ९० लाख प्रयोगकर्ता रहेको एपमा अहिले ह्वारह्वार्ती संख्या बढेको हो । एकै दिनमा ५ लाख नयाँ प्रयोगकर्ता थपिइरहेको कम्पनीको दाबी छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्पलाई जिताउन पैसाको खोलोमात्रै बगाएनन्, सामाजिक सञ्जालमार्फत् उनको पक्षमा अभियान नै चलाए । अमेरिकी चुनावपछि एक्समा घृणास्पद अभिव्यक्तिहरू वृद्धि भएको भन्दै प्रयोगकर्ताहरू नयाँ प्लाटफर्ममा आकर्षिक भएका हुन् ।

अहिले ब्लुस्काईमा सर्नेहरू डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्नेहरू रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप