आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

आइतबार, ०२ मङ्सिर २०८१, ०१ : ४५
आइतबार, ०२ मङ्सिर २०८१

सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ । 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी एघारौँ तहमा कार्यरत छन् ।

सामाजिक विकास मन्त्रालयले भने निर्देशकका लागि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । निर्देशकमा नियुक्त डा. ढकाल हाल नेपाल चिकित्सक संघ कर्णाली प्रदेश संयोजक छन् । 

बैठकले प्रदेशसचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरट्ठालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कामकाजमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । 

उनका अनुसार शनिबारको बैठकबाट सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१, विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, घाइते, अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहभत्ता वितरण कार्यविधि, २०८१ र कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप