यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले सचिव इन्द्रदेव भट्टलाई जलश्रोत तथा ऊर्जा र ईश्वरचन्द्र मरहठालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । बैठकले सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
१.कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डाक्टर केशर ढकाललाई नियुक्त गर्ने।
२. प्रदेश सचिवलाई कामकाजमा खटाउने सम्बन्धी । (प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरठालाई भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्रालयमा)
३. सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१, स्वीकृत
४. विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, स्वीकृत
५. घाइते, अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१, स्वीकृत (सशस्त्र आन्दोलन, जनआन्दोलन, प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा भएका घाइते)
६. कर्णाली प्रदेश विज्ञापन वितरण सम्बन्धी कार्यविधि २०८१, स्वीकृत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकामा एमपक्सको कहर, संक्रमित ७० हजार नजिक
-
जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेमाथि कारबाही गर्न आयोगको पत्राचार
-
रक्षापंक्ति बलियो बनाउन आफ्नै पूर्व खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
-
राजनीतिक दलका नेताको विचाराधीन मुद्दा फिर्ता लिने कानुनी व्यवस्थामा सरकार पछि हटेपछि माओवादीको आपत्ति
-
निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा उपस्थित
-
नेपाल रोड रेसिङ च्याम्पियनसिपमा श्रीहरि विजयी