बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय

शनिबार, ०१ मङ्सिर २०८१, २२ : १५
शनिबार, ०१ मङ्सिर २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा  कानुन मन्त्रालयमा सरुवा गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले सचिव इन्द्रदेव भट्टलाई जलश्रोत तथा ऊर्जा र ईश्वरचन्द्र मरहठालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । बैठकले सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय 

१.कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डाक्टर केशर ढकाललाई नियुक्त गर्ने।

२. प्रदेश सचिवलाई कामकाजमा खटाउने सम्बन्धी । (प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरठालाई भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्रालयमा)

३. सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१, स्वीकृत                                                                                                                                    

४. विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, स्वीकृत 

५. घाइते, अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१, स्वीकृत (सशस्त्र आन्दोलन, जनआन्दोलन, प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा भएका घाइते)

६. कर्णाली प्रदेश विज्ञापन वितरण सम्बन्धी कार्यविधि २०८१, स्वीकृत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप