‘प्रधानमन्त्री ओली सद्भाव र विश्वास लिएर बेइजिङ जानुपर्छ ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा फ्रेण्डस अन द क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्सर नेपालले जनवादी गणतन्त्र चीनसँग नेपालको द्विपक्षीय सम्बन्ध विषयमा संगोष्ठी आयोजना गरेको छ । शनिबार चीन र नेपालको द्विपक्षीय सम्बन्धका विषयमा केन्द्रित रहेर संगोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले नेपाल र जनवादी गणतन्त्र चीनबिच इतिहासमा सदैव सुसम्बन्ध रहँदै आएको स्मरण गरे । पाठकले दुई देशको सद्भाव र विश्वसनीयतालाई विकासका लागि उपयोग गर्नुपर्ने उनको भनाई थियो ।
प्रदेश सभामुख पाठकले नेपाल–चीन सम्बन्धको प्राथमिकता सत्तामा रहँदा एउटा र सत्ताबाट हट्दा अर्को ढङ्गले बुझ्नु नहुने समेत बताए ।
नेपाल– चीन मामलाका जानकार डा.विक्रम तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाँदा सद्भाव र विश्वास बोकेर बेइजिङ पुग्नुपर्ने र बेइजिङबाट पनि सद्भाव र विश्वास लिएर काठमाडौँ फर्कनुपर्ने सुझाव दिए ।
त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक विपिन देवले चिनियाँ पोलिसी र परियोजनाहरूबाट नेपालले प्रशस्तै फाइदा लिने अवसरको उपयोग गर्नुपर्ने बताए । फ्रेण्डस अन द क्लाउड: प्लेटफर्म अफ इन्फुुलेन्सर नेपालका अध्यक्ष शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न संगोष्ठीको खुला सत्रमा विज्ञहरू डा.विष्णुराज उप्रेती, दीपक पाण्डे, मिथुन पौडेल, महेश दाहाल, सुरेन्द्र उप्रेती लगायतले नेपाल– चीन द्विपक्षीय सम्बन्धका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाल र चीन (दक्षिण र उत्तर मोहडा) बाट दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला कल्पना महर्जन (पत्रकार) लाई सम्मान गरिएको थियो ।
नेपाल– चीन दुई देश बिचको सु–सम्बन्ध र नागरिक स्तरमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध जीवन्त राख्न फ्रेण्डस अन द क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्सर नेपालले बेला– बेलामा विविध विषयमा कार्यक्रम गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट राजश्व सङ्कलन गर्न समस्या
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन