बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कर्णाली मन्त्रिपरिषद बैठक

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

शनिबार, ०१ मङ्सिर २०८१, २० : ३२
शनिबार, ०१ मङ्सिर २०८१

सुर्खेत । कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा.केशर ढकाल नियुक्त भएका छन् । शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । 

डा.ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुख रुपमा कार्यरत थिए । उनी ११ औँ तहका डाक्टर हुन् ।

निर्देशकका लागि सामाजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको गरी दुई जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

थापा सङ्घबाट कामकाजमा खटिएका डाक्टर हुन् भने ढकाल प्रदेशमै समायोजन भएका डाक्टर हुन् । शनिवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई नियुक्त गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।

वीरेन्द्रनगर निवासी ढकाल नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजक हुन् ।  यसअघि निर्देशकका रूपमा रहेका डाक्टर डम्बर खड्काको अवकाश भएसँगै निर्देशक पद रिक्त थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप