कमजोर संरचनाले आर्थिक र मानवीय क्षति बढाउँछ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कमजोर संरचनाले आर्थिक र मानवीय दुवै प्रकारका क्षति बढाउने बताएका छन् । भौतिक संरचनाहरू निर्माण गर्दा आवश्यक अध्ययन र पूर्व तयारी नगर्दा कमजोर र गुणस्तरहीन संरचना बन्ने खतरा रहेको समेत उनले बताए ।
नेपाल अटोमोवाईल्स एसोसिएसन (नाटा) ले शनिवार काठमाडौँमा सम्पन्न गरेको ‘सुरक्षित र दिगो गतिशीलता’ विषयक युवा सम्मेलन समापन समारोहमा उनले आर्थिक र मानवीय क्षति कम गर्न दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।
सडक सुरक्षाको सवाल विश्वव्यापी रूपमा चुनौती बनिरहेको उल्लेख गर्दै नेपाल सरकारले पनि यसतर्फ ध्यान दिएको स्पष्ट पारे । मन्त्रालय अन्तर्गत रहेको सडक सुरक्षा परिषद्लाई क्रियाशील बनाउन आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उनले सडक सुरक्षा ऐनलाई समेत आगामी संसदमा लैजाने तयारी गरिएको जानकारी दिए ।
सडक सुरक्षाका लागि कानुनी, नीतिगत र संरचनागत विकासका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक काम समेत भइरहेको बताए।
सम्मेलनमा देशका विभिन्न स्थानका युवाहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष दशरथ रिसालले जानकारी दिए । सोही सम्मेलनले १६ बुँदे काठमाडौँ घोषणा पत्र समेत सार्वजनिक गरेको छ । कार्यक्रम समापन समारोहमा संस्थालाई योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो