बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता गर्न र माफी माग्न एमालेको आग्रह

शनिबार, ०१ मङ्सिर २०८१, १८ : २०
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । नेकपा एमालेले भारतीय पत्रिका ‘द हिन्दु’ पत्रिकालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।  प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए ।  त्यसप्रति एमालेले कडा निन्दा र भर्त्सना गरेको हो ।

नेकपा एमाले परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका हुन् ।

महासेठले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड’ प्रयोग गरी चीन भ्रमणको निर्णय गरेर अपरिपक्वता देखाएको भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण भएको बताएका छन् । साथै उनले प्रचण्डको टिप्पणी नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य रहेको उल्लेख गरेका छन् ।

एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको प्रचण्डको भनाइ निराधार मात्र नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि हानिकारक रहेको जनाएको छ । एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा प्रतिबद्धता रहेको बताउँदै प्रचण्डलाई आफ्ना गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

raghu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप