डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश

सिड्नी । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ । दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् ।
अधिकारीहरुले चेतावनीमा जेखिम न्युनिकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था धेरै बिग्रन सक्ने र यहि बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।
मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ । मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।
अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् । भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु