गुल्मीको अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास

बुटवल । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको अग्लुङ्गफेदी खोलामा शनिबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा अग्लुङ्गफेदी खोलामा पक्की पुलको शिलान्यास गरेका हुन् ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीले आयोजना चार करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँको लगानीमा पुल निर्माण कार्य अघि बढेको र एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । एमरएस कमल अर्जुन सिटी जेभी रेसुङ्गा गुल्मीले आगामी २०८२ मङ्सिर ८ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त अवसरमा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समयमा पुल निर्माण सम्पन्न गर्न बताए।
निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि
-
प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नभ्याइने
-
‘महाभोज’ टिजरमा पैसाले निम्त्याएकाे पारिवारिक र सामाजिक द्वन्द्व
-
पाकिस्तानमा भ्यान दुर्घटनाः १३ जनाको मृत्यु, २० भन्दा बढी घाइते