झापामा दुई जनासहित ४ जना मृत फेला
शनिबार, ०१ मङ्सिर २०८१, १६ : ४३

काठमाडौँ । झापासहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- झापा, मेचीनगर नगरपालिका-८ नमुना टोल बस्ने ४१ वर्षीय केशव दर्जी सोही नगरपालिका-६ मङगलटोलस्थित कालिखोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी झापा गाउँपालिका-४ खयरबारी बस्ने ६५ वर्षीय गणेश बहादुर खत्री सोही गाउँपालिका-१ स्थित माईखोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २८ गते दिउँसो घरबाट हिँडेका उनी घर फर्किनआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- सर्लाही, कबिलासी नगरपालिका-५ पचगछिया बस्ने ६५ वर्षीय रामअधिन राय आफ्नै घर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-४ स्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : पेटलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती