छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
शनिबार, ०१ मङ्सिर २०८१, १६ : ३९
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
- रूपन्देही, सैनामैना नगरपालिका-९ स्थित सडकमा लु.प्र.०१-००३ प ००६९ नम्बरको स्कुटर र लु.१ ज ४९१५ नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-११ कुलचन्द्र पथ बस्ने ५० वर्षीय होम बहादुर छन्तेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- झापा, मेचीनगर नगरपालिका-१० टिकापुरस्थित सडकमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- बागलुङ, ताराखोला गाउँपालिका-४ हिले खोलास्थित सडकमा दोगाडिबाट तिनचुलीतर्फ जाँदै गरेको ग.९ प ९०१५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ रानिबास बस्ने १९ वर्षीया करिस्मा घर्तीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागीरी अस्पताल बागलुङ हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-१० आदर्शनगरस्थित सडकमा जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको युपि ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२ घरबारी टोल बस्ने ४० वर्षीय मनिस कुमार श्रीवास्तवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
- नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-२ भाङबारीस्थित सडकमा बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना.२७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक तनहुँ देवघाट गाउँपालिका-२ नरम बस्ने २१ वर्षीय विकाश थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
- भक्तपुर, चाँगुनारायण नगरपालिका-५ पिखेलस्थित सडकमा चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना.२ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय हरी गोबिन्द सुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ५ जना मध्ये १ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर र काठमाडौँ १६ मा माओवादी र एकीकृत समाजवादीबीच तालमेल
-
जनतासँग सहकार्य गरेर विकास निर्माणका काम गरौँ : मुख्यमन्त्री कार्की
-
‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा कार्यक्रम’ सरकारले भाँड्न खोजेको प्रभु साहको आरोप
-
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
-
‘गौतमबुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’
-
लायन्स र निजी क्षेत्र मिलेर काम गर्दा धेरै रोजगारी सृजना गर्न सकिन्छ : अध्यक्ष ढकाल